२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सहचालकले चलाएको बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ जना घाइते


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 7.4K
    SHARES

  • images
    सहचालकले चलाएको बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ जना घाइते

    रौतहट । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा  यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

     

    काठमाडौँबाट  माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको  ना६ख १४६३ नम्वरको रात्रिबसले  शुक्रवार विहान ५ बजेको घर अगाडि बसेर
    घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

     जिल्ला  प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए ।  दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो। त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास  घाइते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

    घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको  छ ।बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend