२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने : इजरायल


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 8.4K
    SHARES

  • images
    गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने : इजरायल

    काठमाडौं । इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए ।

    तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाईे हमास माथीको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ । उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ ।

    इजरायलको सो पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।रोयटर्स र एएफपी दुबैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend