२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशभरको पहाडी भूभागमा हल्का बर्षाको सम्भावना


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 9.1K
    SHARES

  • images
    आजको मौसम : देशभरको पहाडी भूभागमा हल्का बर्षाको सम्भावना

    शनिवार, आश्विन २७ २०८०
    हाल देशभरको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    दिउसो कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

    बर्षा हुने क्षेत्रहरूमा वर्षाका कारण हुनसक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसममविद्ले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend