२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम :  देशका केही भू–भागसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 9.3K
    SHARES

  • images
    आजको मौसम :  देशका केही भू–भागसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

    सोमबार, असोज २२, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सफा रहेको छ ।

    विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतय सफा रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend