२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१२ दिनपछि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 16.8K
    SHARES

  • images
    १२ दिनपछि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    बुधवार, आश्विन १७ २०८०
    काठमाडौँ - पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य १२ दिनपछि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार घटेको १२ दिनपछि आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    असोज २ गते मङ्गलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता क्रमश घटेर हिजो मङ्गलबारसम्म १ लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको थियो । यस अवधिमा सुनको भाउमा ६ हजार ४ सय रुपैयाँ गिरावट आएकोमा आज भने पुनः बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । असोज २ गतेदेखि आजसम्म चाँदीको भाउ भने प्रतितोला १ सय रुपैयाँले घटेको छ । असोज २ गते प्रतितोला १ हजार ४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल सुनचाँदी व्यवसायी महासंघ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend