२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : आज बिहान देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 9.8K
    SHARES

  • images
    आजको मौसम : आज बिहान देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    सोमबार, असोज ८, २०८०
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थनमा हल्का वर्षा भइरहेको छ । 

    विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    सोमबार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend