२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : सुदूरपश्चिम सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना 


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 14.1K
    SHARES

  • images
    आजको मौसम : सुदूरपश्चिम सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना 

    बिहीबार, असोज ४, २०८०
    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा बिहीबार सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र रहेको छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर हुँदा मनसुन तुलनात्मक रूपमा कम सक्रिय हुन्छ । 

    आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङसँगै हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  

    जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend