२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने 


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 9.0K
    SHARES

  • images
     भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने 


    काठमाडौं, ३० साउन ।लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएको छ ।यहि भदौ ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयोजना गरिएको आयोजक हामखोला व्यवस्थापन समितिले जनाएको छ । हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरिको सो महोत्सवमा प्रतिष्ठित डिजेको प्रस्तुति रहनेछ ।

    गर्मी मौसम छ । छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेको साथमा नाँच्न पाईनेछझ, स्थानीय सहदेव गुरूङले भने ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियो । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए ।

    निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।

    यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend