२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भारतको हिमाञ्चलमा पहिरो : ५० भन्दा बढीको मृत्यु


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 9.1K
    SHARES

  • images
    भारतको हिमाञ्चलमा पहिरो : ५० भन्दा बढीको मृत्यु

     

    काठमाडौं, ३० साउन । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरु बन्द भएका छन् भने कयौं घरहरु भत्किएका
    छन् ।

    मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको बताए । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका छ । साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

    शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने उनले बताए । शिमलाका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव कुमार गान्धीले फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको बताए।

    शिमलामा पहिरोका दुई घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मुख्यमन्त्री सुखविन्द सिंह सुखुले समर हिल क्षेत्रमा रहेको शिव मन्दिर र फागली क्षेत्रमा अर्को ठाउँमा पहिरो खसेको र भग्नावशेषबाट नौ जनाको शव निकालिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend