२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अवैध लागुऔषधसहित पाँचजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 10.6K
    SHARES

  • images
    अवैध लागुऔषधसहित पाँचजना पक्राउ

     

     
    काठमाडौं, ३० साउन । विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

     

    पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका-५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव राई रहेका छन् । 

    लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्र बहादुर र  सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । 

     


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend