२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

८ हजार मिटरको उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था गरिनेछ : मन्त्री किराँती


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 7.9K
    SHARES

  • images
    ८ हजार मिटरको उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था गरिनेछ : मन्त्री किराँती

     

    काठमाडौ, ३० साउन । नागरिक उड्ययन तथा पर्यटन मन्त्री सुदन किराँतीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् ।

    आज काठमाडौंमा एक कार्यक्रममा किराँतीले नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताएका हुन् । उनले नेपालमा पवर्तारोहणको क्षेत्रको विकासका लागि हाल भएको कानून पुरानो भएको र समयानुकूल परिमार्जनको खाँचो रहेको औंल्याएका छन् ।

    मन्त्री किराँतीले एक सगरमाथा आरोहीले चुचुरोमा पियानो बजाउँदा द्दण्डित गर्न बाध्य भएको पुरानो कानूनी प्रावधानलाई स्मरण गर्दै पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर उचाइको हिमालबाट प्याराग्लाइडिङ गर्न सक्ने व्यवस्था राखेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend