२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

अर्नब चक्रवातको प्रभाव कस्तो छ आज, देशभर पानी पर्ने सम्भावना कस्तो छ ?


सञ्चार डबली
  • आइतबार, कात्तिक १५ २०८३
  • 1.0K
    SHARES

  • अर्नब चक्रवातको प्रभाव कस्तो छ आज, देशभर पानी पर्ने सम्भावना कस्तो छ ?

    काठमाडौँ / अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend