२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 14.0K
    SHARES

  • images
    ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

    सञ्चारडवली
    २९ श्रावण २०८०, सोमबार  

    ताप्लेजुङ– मैवाखोला गाउापालिका–५ फाकुम्वाका एक युवकले आमाको हत्या गरेका छन्। ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

    अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले बताए।

    हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे साँघु प्रहरी चौकीमा खबर गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend