२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रूसी हमलामा परी २३ दिनकी युक्रेनी बालिकाको मृत्यु


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 9.5K
    SHARES

  • images
    रूसी हमलामा परी २३ दिनकी युक्रेनी बालिकाको मृत्यु

     

    काठमाडौ, २९ साउन । रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । दुवैतर्फबाट तीव्र हमला भइरहेको छ । पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ । जसका कारण रुस स्तब्ध भएको छ ।

    युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । जसमा कुल सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ दिनकी एक बालिका पनि सामेल छन् ।

    रोयटर्सले युक्रेनको मन्त्रालयलाई उद्धृत गर्दै नीपर नदीको किनारमा रहेको शिरोका बाल्का गाउँमा रुसी पक्षबाट भीषण गोलीबारी हुँदा एकै परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको जनाएको छ । रिपोर्टका अनुसार मृत्यु हुनेमा श्रीमान्, श्रीमती, १२ वर्षीय बालक र २३ दिने बालिका रहेका छन् । यसबाहेक छिमेकी गाउँ स्टानिस्लाभमा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् ।

    रुसी आक्रमणपछि खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले आइतवार रुसी आक्रमणमा तीन जना घाइते भएको बताएका छन्। योसँगै कुल सात जनाको मृत्यु भएको छ । २३ दिनमा बालिकाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै गभर्नरले यो हमलाले रुसको आतंकवादी मानसिकता झल्काउने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend