२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.5K
    SHARES

  • images
    सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त


    काठमाडौं २९ साउन । सङ्घीय मामिला तथा जनमत पार्टीका तर्फबाट सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त भएकी छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।

    मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ । पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफुले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो ।

    अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालयप्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा दिएका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमत असन्तुष्ट भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend