२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चीनको साताव्यापी भ्रमणमा जाँदै उपराष्ट्रपति यादव


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.5K
    SHARES

  • images
    चीनको साताव्यापी भ्रमणमा जाँदै उपराष्ट्रपति यादव


    काठमाडौं २९ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी आज दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने छन् । । उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली रहने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend