२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोस्रो पटक सरकारमा सहभागि हुँदै जनमत


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 9.3K
    SHARES

  • images
    दोस्रो पटक सरकारमा सहभागि हुँदै जनमत

    काठमाडौं २९ साउन । मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ ।पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफुले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो ।

    पार्टी नेत्री अनिता देवी साह आज दाहाल नेतृत्व सरकारमा सहभागि हुँदै छिन् । बिहान १० बजे साहले राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिने छिन् । अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

    तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा गरेका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमत असन्तुष्ट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend