२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 13.4K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    काठमाडौं २९ साउन ।संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण साउन १० गते देखि बैठक सुचारु हुन सकेको छैन ।

    एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संघीय संसद् अवरोध गर्दै आएको छ । आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेपनि संसद सचिवालयले आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची राखेको छ ।

    त्यस्तै,बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, कांग्रेस सांसद सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत विविध कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend