२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले सामान्य प्रशासन मन्त्रीको सपथ लिँदै


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.6K
    SHARES

  • images
    जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले सामान्य प्रशासन मन्त्रीको सपथ लिँदै

    २९ साउन, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनमत पार्टीलाई सरकारमा सहभागी बनाउनका लागि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

    हाल २५ सदस्यीय मन्त्रिपरिषद् रहेकोले एक जना मन्त्रीलाई फिर्ता बोलाएर प्रचण्डले जनमतलाई सरकारमा सहभागी बनाउन लागेका हुन् । जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

    हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । मोदीको ठाउँमा अब जनमतकी अनिता देवी साह मन्त्री हुनेछिन् । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।

    यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दल खान खानेपानीमन्त्री मन्त्री थिए । तर, रोजेको मन्त्रालय नपाएको भन्दै जनमतले उनलाई फिर्ता बोलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend