२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कार्ययोजना बनाएर काम नगर्दा कमि कमजोरीहरु देखिए : मन्त्री शर्मा


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 9.3K
    SHARES

  • images
    कार्ययोजना बनाएर काम नगर्दा कमि कमजोरीहरु देखिए : मन्त्री शर्मा


    काठमाडौं २८ असार । ठोस रुपमा कार्ययोजना बनाएर काम नगरेको कारण कमि कमजोरीहरु देखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।आर्थिक वर्षको वार्षिक समीक्षा गर्ने क्रममा मन्त्री शर्माले सरकारको प्राथमिक एजेण्डा सुशासन र सेवा प्रवाह भएको भन्दै त्यसलाई पूरा गर्न लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गर्नु आवश्यक भएको बताइन् ।

    उनले भनिन्, अर्को हामी क्यालेन्डर बनाएर काम गर्दैनौ, कार्ययोजना नबनाउँने र ठोस रुपमा काम नगरेका कारण पनि कमि कमजोरी देखिएको छ । हामी लक्ष्य, लक्ष्यको बाटो, समससीमा निर्धारण गरेर काम गरौं, काम सम्पन्न भएनभने फेरि समीक्षा गरेर अगाडि बढ्नु पर्छ । सरकारको प्राथमिक ऐजेण्डा भनेको सुशासन, सेवा प्रवाह हो र त्यसलाई अगाडि बढाउने कुरा हो ।

    उनले आगामि आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन् । उनले विगतको रिपोट तुलनात्मक हिसाबमा राम्रो भएपनि सन्तोष गर्न सक्ने ठाउँ नभएको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह पनि गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend