२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन काण्ड चुस्की लगाउने विषय हैन : अध्यक्ष ओली


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 7.7K
    SHARES

  • images
    सुन काण्ड चुस्की लगाउने विषय हैन : अध्यक्ष ओली


    काठमाडौं २८ साउन । १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुहरुले संसद चलाउन खोजिहरेको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको बारे थाहा हुन्छ भन्ने भय भएको बताएका छन् ।

    हामी संसद चलाउन खोहिरेका छौं तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको , देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भईरहेको छ । एउटा नाका बाट दिनमा १०० किलो सुन बाहिर आईरहेको छ सबै पास भएको छ। अनि के यो चुस्की लिने विषय हो ?

    संसद अबरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो । संसद निदाएर बस्ने ठाउँ हैन,नवोली बस्ने हैन देश र जनताको पक्षमा बोल्नु पर्ने बताए । देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने पनि उनको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend