२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 13.1K
    SHARES

  • images
     आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने

    आइतबार, साउन २८, २०८०
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

    “प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ ।  कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” गजुरेलले भने । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।

    प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ । अरु केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने विषयमा समेत छलफल चलिरहेको तर फाइनल भइसकेको उनले बताए ।

    जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend