आइतबार, साउन २८, २०८०
काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको विभागका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेस प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । यस्तै, सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


