२७ साउन, चितवन । तनहुँको आँबुखैरेनीमा शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ ।
साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।


