शनिबार, साउन २७, २०८०
काठमाडौं । दाङमा १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका–३, गैराखुट्टीका २३ वर्षीय माधव गुरुङलाई शुक्रबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही साउन ४ गते ललाइफकाइ गुरुङले ती बालिकालाई ‘पीडित’कै कोठामा बलात्कार गरेको आरोप छ ।
सो उजुरीपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


