२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 1.1K
    SHARES

  • images
    कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं — कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ८ गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि क्रमशः असोज ९ र १२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन्।

    माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ। बैंकको २८औँ वार्षिक साधारणसभा असोज २८ गते पोखराको होटल पोखरा ग्रान्डमा हुनेछ।

    यस्तै, कालिञ्चोक दर्शनले कुल ८.९४७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीको १२औँ वार्षिक साधारणसभा असोज १६ गते भक्तपुरको जर्मन होम्स होटलमा आयोजना हुनेछ।

    सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत पारित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend