२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 1.6K
    SHARES

  • images
    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता

    न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसर भएकाे साइडलाइन भेटवार्तामा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो। साथै, हालैको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको राहत तथा पुनर्निर्माण प्रयासका विषयमा पनि छलफल भएको थियो। भेटमा नेपालको विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा अमेरिकाबाट निरन्तर प्राप्त हुँदै आएको सहयोग तथा आगामी दिनमा सहयोगलाई निरन्तरता दिने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

    दुवै पक्षले नेपाल-अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ गर्दै विपद् व्यवस्थापन र पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend