२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कांग्रेस सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश


सञ्चार डबली
  • शुक्रबार, साउन २६ २०८०
  • 8.5K
    SHARES

  • images
    कांग्रेस सांसद शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

     

    काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौँ जिल्ला अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो।

    शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend