२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 451
    SHARES

  • images
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान

    काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान गरेका छन्। आइतबार साँझ मन्त्री खनालले अमेरिकाका प्रस्थान गरेका हुन्। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

    परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

    प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

    यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा र परराष्ट्रमन्त्री खनाल २९ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend