२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 2.6K
    SHARES

  • images
    सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध

    काठमाडौं। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ।

    २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।

    नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र सञ्चालन आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ।

    अवैध र नक्कली पार्ट्स तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको इन्जिन, ब्रेक र क्लच प्रणालीलाई छोटो समयमै ध्वस्त बनाउने मात्र नभई मर्मत खर्च अत्यधिक बढाउँछ। श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलकालागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, TATA Genuine Spare Parts, दक्ष तथा प्रशिक्षित प्राविधिक, छिटो तथा भरपर्दो सेवा तथा उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइनेछ।

    सेवा विस्तारले विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। सवारीको डाउनटाइम कम गर्दै अधिकतम आम्दानी र न्यूनतम सञ्चालन खर्च सुनिश्चित गर्ने उद्देश्यअनुसार सेवा व्यवस्थापन गरिएको सिप्रदीले जनाएको छ।

    टाटा मोटर्स कमर्सियल भेहिकलका ग्राहकलाई बिक्रीपछिको सेवा थप पहुँचयोग्य र सुविधाजनक बनाउने प्रयासअन्तर्गत सुरु गरिएको विस्तारित सेवा समयले आकस्मिक तथा नियमित मर्मतसम्भारका लागि समेत ग्राहकलाई थप विकल्प उपलब्ध गराउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend