२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 374
    SHARES

  • images
    जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

    काठमाडौं/ हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

    उनीहरुलाई बाउमा कन्एक्सपो इन्डिया २०२६ (Bauma CONEXPO INDIA 2026) को जेसीबी प्याभिलियनमा सम्मान गरिएको थियो, जहाँ जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरुको प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे । 

    जेसीबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशुली ३ए साइटमा लगातार धेरै दिन काम गरेका थिए । जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको थियो।

    आफ्नो मन्तव्यमा जेसीबी इन्डियाका सीईओले यसलाई नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा भनी उल्लेख गरे ।

    जेसीबी WOW सर्भिस गाडीहरूमार्फत एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत र पुनर्निर्माण कार्यमा खटिएका जेसीबी मेसिनहरूलाई समेट्ने गरी जेसीबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ।

    कम्पनीले जोखिमपूर्ण परिस्थितिमा उद्धार र पुनर्निर्माणमा खटिएका मेसिनका अपरेटरहरूलाई सुरक्षा किट समेत वितरण गरेको छ।

    एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो। २३ वर्षभन्दा बढी समयदेखि बजारमा सेवा प्रदान गर्दै आएको यस कम्पनीका ३० भन्दा बढी शाखाहरू र २०० भन्दा बढी सर्भिस इन्जिनियरहरू छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend