२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको तरकारी तथा फलफूको मुल्य, मालदह आँप २ सय रुपैयाँ


सञ्चार डबली
  • शुक्रबार, साउन २६ २०८०
  • 11.3K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूको मुल्य, मालदह आँप २ सय रुपैयाँ

    २६ श्रावण २०८०, शुक्रबार  

    काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ६०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ७०, कागती १३० रुपैयाँ, भिण्डी ४०, पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ । 

    समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै, मालदह आँप २००, लप्सी ६०, हरियो धनिया १५०, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend