२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

स्वास्थ्य मन्त्री बस्नेतद्वारा सशस्त्र प्रहरी अस्पतालको फोहोर व्यवस्थापन केन्द्र उदघाटन


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 8.2K
    SHARES

  • images
    स्वास्थ्य मन्त्री बस्नेतद्वारा सशस्त्र प्रहरी अस्पतालको फोहोर व्यवस्थापन केन्द्र उदघाटन

    काठमाडौं, २५ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको बलम्बूमा अवस्थित सशस्त्र प्रहरी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको बिहीबार उदघाटन गरेका छन् । स्वास्थ्य सेवा विभागको पहलमा जर्मन विकास सहयोग (जी.आइ.जेड) को सहयोगमा अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

    उदघाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले फोहोर व्यवस्थानका क्षेत्रमा सशस्त्र प्रहरी अस्पतालले उदाहरणीय काम गरेको बताए । फोहोर व्यवस्थापन गर्न नसक्नु देशका लागि ठूलो समस्या रहेको औल्याउदै मन्त्री बस्नेतले अस्पतालहरुले उचित तरिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने त्ससकै कारण महामारी फैलिने खतरा रहेको बताए । स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन कार्यलाई हरेक अस्पतालले प्राथमिकतामा राख्नु पर्ने बताउदै मन्त्री बस्नेतले यसलाई देश भरिका अस्पतालहरुमा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।

    365387635_1018889002638166_2843749818630641406_n.jpg
    undefined

    प्राकृतिक विपत्तिका बेला होस् वा कोभिड १९ जस्ता महामारीका बेला नै किन नहोस सशस्त्र बलको अस्पतालले जनताको सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेको स्मरण गर्दै अस्पतालको सेवा विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने मन्त्री बस्नेतले बताए । आफू स्वास्थ्य मन्त्री भएपछि सबैभन्दा पहिले सरकारी अस्पतालको सेवा सुधारमा लागेको दावी गर्दै मन्त्री बस्नेतले पहिलेको तुलनामा अहिले वीर अस्पतालको सेवा सुधार भएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फोहोर व्यवस्थापन केन्द्र स्थापनामा सहयोग गर्ने स्वास्थ्य सेवा विभाग, जी.आइ.जेड. सहित सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी अस्पताल राजमार्ग नजिक भएकाले दुर्घटनाका बिरामी बढी आउने भएकाले ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिदिन स्वास्थ्य मन्त्री बस्नेतसँग आग्रह गरे ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपक महर्जनले विसं २०६२ सालमा स्थापना भएको अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आए पछि अस्पतालको वातावरण स्वच्छ रहनमा मात्र नभएर उपचारमा पनि सहज हुने बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखाका निर्देशक डा. सर्वेश शर्माले नेपालका अस्पतालहरुमा फोहोर व्यवस्थापनको वतृमान अवस्थाका बिषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र जी.आई.जेड.का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend