२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?–रविन्द्र मिश्र


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 8.8K
    SHARES

  • images
    देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?–रविन्द्र मिश्र


    काठमाडौं, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले  कांग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका छन् । आज सामाजिक संजालमा उनले थापालाई देशभन्दामाथि विचार र देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका हुन् ।

    ‘विचार व्यक्तिको हुन्छ । व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ । पार्टी समुहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

    महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति विमति राख्दै मिश्रले जवाफ फर्काएका हुन्।
    ‘

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend