२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भारतीय गाडीलाई निषेधको माग राख्दै आन्दोलित ट्याक्सी चालक


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 9.8K
    SHARES

  • images
    भारतीय गाडीलाई निषेधको माग राख्दै आन्दोलित ट्याक्सी चालक


    काठमाडौ, २५ साउन । भारतीय गाडीलाई निषेध गर्नुपर्ने भन्दै यातायात व्यवसायी तथा ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी राखेर विरोध गरेका हुन् ।

    उक्त विरोध सभामा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सि व्यवासायि तथा चालक सेवा समाज काठमाडौका महासचिव दिलिप कुमार श्रेष्ठले भारतीय गाडीको प्रवाहले व्यवसायीहरु मारमा परेको बताएका छन् ।
    ‘
    भारतीय गाडीहरु विभिन्न प्रवाहबाट नाका प्रवेश गर्ने अनि केही दिनको परमिट लिएर आउने र नेपालमै बसेर काम गर्ने व्यवसाय गर्ने यसले गर्दा नेपालको व्यवसायहरु पलायन हुने अवस्था आयो । ’

    भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने,उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

    यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने चालकहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend