२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 8.4K
    SHARES

  • images
    इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह


    काठमाडौँ, २५ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित बिभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए ।
     
    यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ । ‘यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’, शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’ यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

    अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रमस्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।

    यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरुलाई सहज हुने गरी दूतावासहरुमार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

     यसैबीच टोलीले बुधबार नै श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । उक्त भेटमा एनआरएनए आईसिसि उपाध्यक्ष शर्मा,उपाध्यक्ष नरेन्द्र भाट,पुर्व उपाध्यक्ष टिबि कार्की,युरोप संयोजक सन्तोष भट्टराई,एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगाएतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend