२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बाढीपीडित बालबालिकाको शिक्षामा सरकारको साथ, ‘सुनिश्चित भविष्य’ योजना घोषणा


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 2.6K
    SHARES

  • images
    बाढीपीडित बालबालिकाको शिक्षामा सरकारको साथ, ‘सुनिश्चित भविष्य’ योजना घोषणा

    काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।

    शिक्षामन्त्री सस्मित पोखरेलले आज उक्त कार्यक्रम घोषणा गरेका हुन् । बाढी तथा अन्य विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    कार्यक्रमको सुरुवाती चरणमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन), ओपिन तथा नेपाल मोन्टेसोरी संघले सरकारसँग सहकार्य गरेका छन् ।

    सरकारले कार्यक्रममा अन्य शैक्षिक संस्था तथा संघसंस्थालाई समेत जोडिन आह्वान गरेको छ । रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सुरु गरिएको यो कार्यक्रम भविष्यमा यस्तै विपद् वा अन्य परिस्थितिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनसमेत उपयोग गरिने मन्त्रालयले जनाएको छ ।

    शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन्  ।

    बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् र उनीहरूको शैक्षिक भविष्य प्रभावित नबनोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend