२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आन्तरिक श्रम कमजोर बन्दै गएको छ  : श्रम सचिव भण्डारी


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 7.6K
    SHARES

  • images
    आन्तरिक श्रम कमजोर बन्दै गएको छ  : श्रम सचिव भण्डारी

     

    काठमाडौ, २५ साउन । आन्तरिक श्रम कमजोर अवस्था रहेको श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको दाबी गरेका छन् ।

    उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको उल्लेख गरेका छन् । उनले भने, ‘हाम्रो सारा ध्याउन्न चै वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने विकास गर्ने भन्नेमा मात्र छ । आन्तरीक श्रमको चाहिँ कमजोर अवस्था छ । त्यसमा पनि वैदशिक रोजगारको कामलाई स्थानीयकरण गर्नुपर्छ भनेर पनि जिम्मा लिएका छौं हामीले त्यसैले अलि धेरै लोडका साथ काम गरीरहेका छौ ।’

    त्यस्तै उनले वैदेशिक रोगजारीमा नपठाई नहुने अवस्था रहेको भन्दै उनले त्यसलाई पनि व्यवस्थित गर्ने काम भइरहेको जनाएका छन् । ‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ ’ उनले भने ‘ फोकस चै यो वैदेशिक रोजगारको इतिकल रिक्रुमेन्टलाई जो कुरा आएको छ त्यसलाई पनि हेर्ने ।’

    मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदायक संस्थालगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउनेलगायतका विषयमा सरकार गम्भीर रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend