२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अपर तामाकोशीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 12.3K
    SHARES

  • images
    अपर तामाकोशीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

     

    काठमाडौ, २५ साउन । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

    गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो । हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ।

    हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend