२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एमालेद्वारा प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध, शुक्रवारसम्मका लागि स्थगित


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 8.9K
    SHARES

  • images
    एमालेद्वारा प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध, शुक्रवारसम्मका लागि स्थगित


    काठमाडौ, २४ साउन । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रवार बस्ने गरी बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

    मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

    सभामुख देवराज घिमिरेले संसद जनताको थलो भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका थिए । उनले भने ‘ जनताको सर्वोच्च थलो हो संसद, यसलाइ अवरोध गरेर यसप्रतिको जनताको विश्वासमाथि खेलवाड गर्न हुँदैन । ’

    आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend