२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भुक्तानीको माग गर्दै आन्दोलनरत निर्माण व्यवसायीद्वारा विरोध प्रदर्शन


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 7.5K
    SHARES

  • images
    भुक्तानीको माग गर्दै आन्दोलनरत निर्माण व्यवसायीद्वारा विरोध प्रदर्शन


    काठमाडौ, २४ साउन । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ । महासंघले बुधबार काठमाडौंमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफुहरुले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफुहरुलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए ।

    उनले भने ‘ सरकारलाई काम गर्ने कार्यतालिका हामी दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ ।

    यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ । ’अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरे सम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी नलिने हो भने निमार्ण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend