२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाली बजारमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ ई सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 1.4K
    SHARES

  • images
    नेपाली बजारमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ ई सार्वजनिक

    काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको यो फोन बजेट मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

    भिभो वाई ०५ईमा ५,१५० एमएएचको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यसको ब्याट्रीले सामान्य प्रयोगमा दिनभर साथ दिन्छ । साथै, ब्याट्रीको स्वास्थ्य ४ वर्षसम्म कायम रहने दाबी गरिएको छ ।

    फोनमा आईपी६४ रेटिङ दिइएको छ, जसले धुलो र पानीका हल्का छिटाबाट सुरक्षा प्रदान गर्छ। त्यस्तै, एन्टी–ड्रप डिजाइनका कारण सामान्य ठक्कर तथा खस्दा फोनलाई थप सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

    भिभो वाई ०५ईमा ओरिजिन ओएस ६ प्रयोग गरिएको छ। यसमा ५७० निट्ससम्मको ब्राइटनेस रहेको छ, जसले बाहिर घाममा पनि स्क्रिन हेर्न सहज बनाउँछ। फोनमा २०० प्रतिशत भोल्युम बूस्ट सुविधा पनि दिइएको छ ।

    ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भएको भेरियन्टमा उपलब्ध यो फोनको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन आजदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोर तथा दाराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend