२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, महोत्तरीमा बाढीले बगाउँदा एक बेपत्ता


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 8.6K
    SHARES

  • images
    दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, महोत्तरीमा बाढीले बगाउँदा एक बेपत्ता

     

    काठमाडौ, २४ साउन ।दोलखामा पहिरो जाँदा पुरिएर बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको छ । माछा मार्न जाने क्रममा बाटोमा खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार उनी माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गरेका थिए । उनीसँगै गएका अरु तीन जनाले भने भागेर ज्यान बचाएका छन् ।

    त्यसैगरी, महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।सोनमा गाउँपालिकाको मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको थियो । उनी खोलामा बेपत्ता भए पछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend