२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, कोशी प्रदेशमा सार्बजनिक बिदा


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 8.5K
    SHARES

  • images
    आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, कोशी प्रदेशमा सार्बजनिक बिदा


    काठमाडौं, २४ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    संसारभरी अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिइएको हो ।

    प्रदेश नामाकरणको विषयलाई लिएर लामो समय देखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाईएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्बसाधारणले पाएका हुन । प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

    प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend