२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मञ्जुश्री फाइनान्सको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 9.0K
    SHARES

  • images
    मञ्जुश्री फाइनान्सको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी

     

    काठमाडौ, २३ साउन । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६८.८६ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६४.९८ प्रतिशत र सञ्चालन नाफा १६८.८३ प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।

    असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा पनि ११ करोड ११ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा भने बढेर २=८२ प्रतिशत भएको छ । अघिल्लो वर्ष खराब कर्जा २.१९ प्रतिशत रहेको थियो ।

    यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५५ पैसाले बढेर २१ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको थियो । मञ्जुश्री फाइनान्सको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend