२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बाढीपहिरोले देशका विभिन्न सडक अवरूद्द, सतर्कता अपनाउन अनुरोध


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 8.4K
    SHARES

  • images
    बाढीपहिरोले देशका विभिन्न सडक अवरूद्द, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं, २३ साउन । भारी वर्षाका कारण देशैभरी पहिरो र डुबान भएको छ । काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, विष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन ।

    सोमवार राती परेको अविरल वर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयाबह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अवरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अवरूद्द हुन पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend