२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मकवानपुरमा पहिरोः घर बगाउँदा ५ जना बेपत्ता, खोजी कार्य जारी


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 7.9K
    SHARES

  • images
    मकवानपुरमा पहिरोः घर बगाउँदा ५ जना बेपत्ता, खोजी कार्य जारी

     

    काठमाडौ, २३ साउन । मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।

    पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।

    सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend