२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, १४४ रूपैयाँ बढी युरोको भाउ


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 8.2K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, १४४ रूपैयाँ बढी युरोको भाउ

     

    काठमाडौ, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ १० पैसा र बिक्रीदर १३२ रूपैयाँ ७० पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

    हिजो अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा तथा युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

    बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ १६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९३ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्रीदर ८७.२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएको छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.११ रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा विक्रीदर ४३१.४३ पैसा कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend