२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा शाइन रेसुंगा बैंकलाई ‘बेस्ट डेभलपमेन्ट बैंकिङ’ अवार्ड


सञ्चार डबली
  • मंगलबार, साउन १९ २०८३
  • 1.5K
    SHARES

  • images
    आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा शाइन रेसुंगा बैंकलाई ‘बेस्ट डेभलपमेन्ट बैंकिङ’ अवार्ड

    बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।

    भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा शाइन रेसुंगाले विकास बैंक बेस्ट बैंक अवार्ड जितेका हुन् ।

    शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।

    यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ । शाइन रेसुङ्गा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो ।

    अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो ।

    यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

    अवार्ड छनोट प्रक्रिया अझ विश्वसनीय र पारदर्शी बनाउन प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल (जुरी) गठन गरिएको थियो । विश्वव्यापी रूपमा ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक कम्पनीमध्ये एक मानिने पीडब्लुसीले १५० भन्दा बढी देश र करिब ७०० स्थानबाट सेवा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय वित्तीय मूल्याङ्कन र लेखापरीक्षण क्षेत्रमा पीडब्लुसीको संलग्नताले पुरस्कारको विश्वसनीयता थप बलियो बनाएको आयोजकले जनाएको छ ।

    सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी तथा राष्ट्रिय स्तरको वाणिज्य मण्डल हो । दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी, वित्तीय सहकार्य तथा आर्थिक साझेदारी प्रवद्र्धनमा सक्रिय आईसीसीले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

    नेपालका बैंकहरूले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले देशको बैंकिङ प्रणालीप्रतिको विश्वास र विश्वसनीयता थप मजबुत बनाउने विश्वास गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend