२०८० श्रावण, २२ सोमवार
काठमाडौँ र आज साउन २२ गते सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ।शुक्रबारदेखि प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


